एमाले दशौं महाधिवेशन : लोगोमा हँसिया हथौडा हटाएर किन राखियो गैँडा ?

नेकपा एमालेले आगामी मंसिरमा ( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने भएको हो । एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नरा