काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी न