म्यान्मारको सैनिक सरकारले त्यहाँका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेको एग्रिमो (स्वीकृति) पठाएको छ । मलेसियाले भने अझै एग्रिमो पठाएको छैन । सरकारले गत चैत २४ मा २० मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमा १८ देशमा नेपालका तर्फबाट राजदूत नियुक्त भएर काम गर्न सम्बन्धित राजदूतावासमा पुगिसकेका छन् ।