भारतले प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भारतबाट डा. शर्माका लागि एग्रिमो आएको जानकारी दिएका छन् । स्रोतका अनुसार एग्रिमोसम्बन्धी पत्रमा भारतले मंगलबारको मिति राखेको छ । अब शर्मालाई राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली