भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्मालाई एग्रिमो पठाउन नयाँ दिल्लीले आनाकानी गरेको छ । राजदूत सिफारिस भएको १३ हप्ता (९२ दिन) बित्दा पनि भारतले एग्रिमोे नपठाएको हो । २०७५ माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पछिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले गत असोज ५ गते ‘राजनीतिक नियुक्तिका राजदूतहरूलाई फिर्ता बोलाउने’ निर्णय गरेको थियो । त्यसपछि १० राजदूत फिर्तीमा परेका थिए । ती मध्ये आचार्य सबैभन्दा पहिलो कात्त