बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको एग्रिमो स्वीकृत

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो । लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि […]

सम्बन्धित सामग्री

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको […]

प्रस्तावित राजदूतहरुको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चा

प्रस्तावित राजदूतको सुनुवाइमा एमसीसीबारे सांसदहरूको चासो

काठमाडौँ– सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भएको हो । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ भएको छ । सोही क्रममा […]

अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री

काठमाडौं, २० मंसिर: सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको हो । वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ […]

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

१५ कात्तिक, काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । ११ कात्तिक २०७८ मा बसेको […]