नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको बताएका हुन्।‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्। जुन निकै डर लाग्दो तथ्यांक हो। यसरी देशको दक्ष जनशक्ति