पूर्व अर्थमन्त्रीहरुको एक स्वर : काम चलाउ सरकारले पूर्णबजेट ल्याउन  मिल्दैन

जेठ १३, काठमाडौं । पूर्व अर्थमन्त्री मञ्चले हाल बहुमतको सरकार नरहेको तथा काम चलाउ सरकार रहेको भन्दै संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा यसबेला पूर्णबजेट ल्याउन नमिल्ने सुझाव दिएको  छ । बिहीवार बसेको मञ्चको बैठकले आगामी आर्थिक वर्ष०७८/ ७९ को बजेट एवं कोभिड –१९ ले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा केन्द्रित रहेको थियो । मञ्चले विश्वव्यापी मान्यता र प्रचलन बमोजिम पनि यस्तो अवस्थामा पूर्णबजेट ल्याउन नमिल्ने विषयलाई जोड दिएको छ। यसैगरी मञ्चले अध्यादेशमार्फत बजेट ल्याउनैपर्ने बाध्यता भए नियमित खर्च मात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउने सुझाव पनि दिएको छ । देश कोभिड–१९ का कारण आक्रान्त भएको हुँदा बजेटले कोरोनाविद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दीएर जनतालाई सुरक्षित बनाउन मञ्चको बैठकले सुझाव दिएको छ र यस्ले अर्थतन्त्रमा समेत सकारात्मक असर पुरयाउनेछ । त्यस्तै, स्वास्थ्य पूर्वाधारहरुको निर्माण, स्वास्थ्य सामग्रीहरुको उपलब्धता एवं स्वास्थ्यकर्मीहरुको सुरक्षा एवं सुविधाहरुलाई बजेटले विशेष ध्यान दिन पनि भनेको छ । त्यस्तै, कोभिड–१९ का कारण अर्थतन्त्रका प्रभावित क्षेत्रलाई राहत दिने गरी विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि बैठकले दिएको छ।त्यस्तै, कोभिडबाट प्रभावित विपन्न वर्ग, अपांग, असहाय तथा बेरोजगार जनतालाई सम्बोधन गर्ने गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने पनि बैठकले सुझाव दिएको छ। बैठकमा पूर्वअर्थमन्त्रीहरू डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पान्डे र वर्षमान पुन सहभागी थिए ।  

सम्बन्धित सामग्री

संसदीय समितिमा द्वन्दपीडितको एक स्वर : आदेश पालक हौं, पीडक नभनियोस्

द्वन्द्वपीडितहरुको एकै स्वर छ – मुलुकमा परिवर्तन ल्याउन भनेर र तत्कालीन शसस्त्र युद्ध रोक्न भनेर तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको फरक–फरक आदेश मानेर लडेका हामीहरुको पहिचान पीडित भन्नेबाट बदलियोस् । अधुरो शान्ति प्रक्रियालाई चाँडै पूर्णता दिइयोस् ।

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]

‘आफूले गाएको गीत बजारमा पुग्दा स्वर अर्कैको हुन्छ’

संगीतको क्षेत्रमा नै केही गर्ने सोचले सर्जक भूपू पाण्डे १५ वर्षअघि दाङबाट काठमाडौंका लागि रात्रि बस चढेका थिए। यो अवधिमा उनले संगीत सिके। गीत गाए। कम्पोज गरे।जसमध्ये केही गीत चर्चामा रहे‚ केहीले पानी भन्न पाइएन। यद्यपि‚ उनले सोचे झैं गीत भने ल्याउन सकेका थिएनन्। गत वर्ष उनले 'छोटो छ जिन्दगी' बोलको गीत ल्याए। यो गीत उनले अपेक्षा गरेभन्दा बढी दर्शकले मन पराइदिए। त्यसअघि पनि उनले नेपाली सांगीतिक बजारमा दुईवटा एल्बम ल्याइसकेका थिए। भूपूले चम्पा, जन्मे मेरा चार भाइ छोरा,

सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् । संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य प्राप्त गर्न बाधक देखिएका कानूनहरूलाई हटाई छुट्टै कानून ल्याउनुपर्नेमा जोड दिएका हुन् । अधिकांश कानून संघीय संरचनामा लैजान पञ्चायती कानूनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानूनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । मंगलवार सिंहदरबारमा बसेको बैठकमा उनीहरूले दिगो विकास लक्ष्य प्राप्त गर्न छुट्टै र विशेष कानून ल्याउनुपर्ने भन्दै त्यसतर्फ आवश्यक पहल गर्न सभापतिको ध्यानाकर्षण गराए । समिति सदस्य दीनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानूनमा संशोधन गर्नुभन्दा छुट्टै कानून ल्याउनुपर्ने सुझाव दिए । समिति सदस्य महेशकुमार महराले विकास लक्ष्य प्राप्तिका लागि संविधान अनुकूल बनाउन संशोधन गर्ने अथवा समितिले छुट्टै उपसमिति बनाएर केके कानून संशोधन गर्नुपर्छ भनेर अध्ययन गर्नुपर्ने बताए । ‘कति कानून संविधान अनुकूल बनाउनुपर्नेछ वा नयाँ कानून बनाउनुपर्नेछ भन्नेमा समितिले विज्ञसहितको उपसमिति बनाएर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसतर्फ सभापतिको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । समिति सदस्य गंगा बेल्बासेले दिगो विकास लक्ष्यका लागि विधेयक नै ल्याउन सरकारले तयारी गर्नुपर्ने बताइन् । त्यस्तै, समितिका अर्का सदस्य विमला घिमिरेले अहिले बनिसकेका कतिपय कानून कार्यान्वयनमा समस्या भएको स्मरण गराउँदै प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुपर्ने बताइन् । सांसद शारदा देवी भट्टले विद्यमान कानून संशोधन भएमात्रै दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने भन्दै त्यसतर्पm समितिले पनि थप सक्रियता देखाउनुपर्ने बताइन् । ‘राणा शासनदेखि विद्यमान रहेको कानून संशोधन हुनुपर्छ तब मात्रै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सजिलो हुन्छ,’ उनले भनिन् । छलफलपछि समितिले विद्यमान कानूनहरूलाई दिगो विकास लक्ष्यअनुरूप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा करीब साढे ३ सयओटा विद्यमान कानूनहरूमा संशोधन आवश्यक रहेको विषयसमेत उठेको थियो । अधिकांश कानूनहरू नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपूर्व बनेकाले ती कानूनले दिगो विकासका लक्ष्यहरूलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ ।

प्रदेश १ मा प्रतिपक्षको एकै स्वर : तत्काल बजेट अधिवेशन बोलाऊ

१२ जेठ, विराटनगर । प्रदेश १ सरकारले संसद छलेर बजेट ल्याउन खोजेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ का प्रतिपक्षी दलहरुले प्रदेशसभा छल्दै आएको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन खोजेको आरोप लगाएका हुन् । केन्द्रमा जेठ १५ र प्रदेशमा असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । […]

‘साउदी अरबसँग वार्ताका लागि इरान तयार’

काठमाडौं :  इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ।इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए।'स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्‍याउँछ,' खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, 'वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहर

साउदी अरबसँग वार्ताका लागि इरान तयार

एजेन्सी । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल

'फुलबुट्टे सारी' को लेजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ

'फुलबट्टे सारी' गीतको लेजेन्डरी भर्सन पनि आउने भएको छ। जसमा कलाकार मदनकृष्ण श्रेष्ठले स्वर भरेका छन्। राजन राज सिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल भर्सन, फिमेल भर्सन र बेबी भर्सनमा पनि आइसकेको छ।  उक्त गीतको अपार सफलतापछि लेजेन्डरी भसर्न पनि ल्याउन लागेको राजनराज शिवाकोटीले बताए। भने ' उहाँको…