‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’....यो गीत अहिले फेरि चर्चामा छाएको छ । बिपिन किरणको शब्द तथा महेश खड्को संगीत रहेको यो गीतको अहिलेको चर्चा तेस्रो हो । यस अगाडि गायिका अञ्जु पन्तको स्वर र गायक जगदीश समालको स्वरमा यो गीत दुई पटक चर्चामा छाइसकेको छ ।अहिले तेस्रो पटक चर्चा भने गायिका रचना रिमालको स्वरको कारणले आएको छ । गीतको चर्चासँगै गीत ल्याइएको बिषयमा रचनाकार विपिन किरणको समेत आलोचना हुन थालेको छ । रिमाललको स्वरमा गीत सार्वजनिक गरेर विपिनले गीतको मर्म बिगारेको आरोप लागेको छ ।त