प्रदेश १ मा प्रतिपक्षको एकै स्वर : तत्काल बजेट अधिवेशन बोलाऊ

१२ जेठ, विराटनगर । प्रदेश १ सरकारले संसद छलेर बजेट ल्याउन खोजेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ का प्रतिपक्षी दलहरुले प्रदेशसभा छल्दै आएको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन खोजेको आरोप लगाएका हुन् । केन्द्रमा जेठ १५ र प्रदेशमा असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । […]

सम्बन्धित सामग्री

प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार...

प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान

प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारको सिफारिसमा मंगलबार बजेट अधिवेशन आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० जेठ १६ गते सोमबारका दिन विहान ११ बजे प्रदेश प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आह्वान  गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]

प्रदेश १ को बजेट अधिवेशन सुरु

प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ ।  आजको बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले पढेर सुनाएसँगै दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आर्थिक ऐनसम्बन्धी अध्यादेशका साथै प्रदेशसभा नियमावली सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यो अधिवेशनबाट प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७८–०७९को बजेट ३३ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।

प्रदेश-१ को बजेट अधिवेशन आह्वान

काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते सिफारिस

विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सरकारको सिफारिस

काठमाडौं। प्रदेश १ सरकारको आज बिहान बसेको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए। सो निर्णयअनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।

प्रदेश १ मा बजेट अधिवेशन तत्काल बोलाउन विपक्षीको माग

विराटनगर : संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदेश १ का विपक्षी दलहरुले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेका छन्।प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गर्न आग्रह गरेका हुन्।असार १ मा प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था भए पनि यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ। मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आए पनि अहिलेसम्म बजेट अधिवेशन