संगीतको क्षेत्रमा नै केही गर्ने सोचले सर्जक भूपू पाण्डे १५ वर्षअघि दाङबाट काठमाडौंका लागि रात्रि बस चढेका थिए। यो अवधिमा उनले संगीत सिके। गीत गाए। कम्पोज गरे।जसमध्ये केही गीत चर्चामा रहे‚ केहीले पानी भन्न पाइएन। यद्यपि‚ उनले सोचे झैं गीत भने ल्याउन सकेका थिएनन्। गत वर्ष उनले 'छोटो छ जिन्दगी' बोलको गीत ल्याए। यो गीत उनले अपेक्षा गरेभन्दा बढी दर्शकले मन पराइदिए। त्यसअघि पनि उनले नेपाली सांगीतिक बजारमा दुईवटा एल्बम ल्याइसकेका थिए। भूपूले चम्पा, जन्मे मेरा चार भाइ छोरा,