पोखरा । गण्डकी प्रदेशसभामा राजनीतिक जोडघटाउ सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि प्रदेश सरकार टिकाउने र ढाल्ने सवालमा जोडघटाउ सुरु भएको हो ।गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि नयाँ सरकारका लागि गठबन्धन बनाउने प्रक्रिया अगाडि बढेको छ ।प्रदेशसभाका ६० सांसदमध्ये १२ सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सर