कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता छान्न चुनाव

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता चयन गर्न निर्वाचन हुने भएको छ।मंगलबार काठमाडौँमा बसेको कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको बैठकले संसदीय दलका नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु गर्ने र मिति तय गर्ने निर्णय गरेको जानकारी दिए।उनले बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको बताउँदै रुवालीले निर्

सम्बन्धित सामग्री

कांग्रेस बागमतीकाे प्रमुख सचेतकमा लम्साल नियुक्त भएकाे सचिवालयलाई जानकारी

मकवानपुर : नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्।नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित भइ प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारीपत्र सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्

किन दिए कुन्दन काफ्लेले बागमति प्रदेश प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । काफ्लेले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रदेशसभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनसेवामा […] The post किन दिए कुन्दन काफ्लेले बागमति प्रदेश प्रमुख सचेतकबाट राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै

आज (आइतबार) कांग्रेसबाट दुईजना मन्त्रीले सपथ लिने टुङ्गो लागेको छ। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुने भएको हो।...

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीकाे लागि जबरजस्ती गर्दैन, दिए लिन्छ : बानियाँ

हेटौंडा  – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् । ‘प्रदेश […]

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

राजन कटुवाल/हेटौंडा, ३१ जेठ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती […]

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण

मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]

गणेश लामाको गिरफ्तारीप्रति कांग्रेस नेता इन्द्र बानियाँको आपत्ति

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर आपत्ति जनाएका छन्। नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेता बानियाँले कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउने अधिकार…

कांग्रेसद्वारा विपन्न एकहजार परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर : नेपाली कांग्रेस मकवानपुरले जिल्लाको विकट राक्सिराङ गाउँपालिकाका एकहजार घरपरिवारलाई खाद्यान्‍नसहित राहत सामग्री सहयोग गरेको छ।कांग्रेस मकवानपुरले बिहिबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारको लागि राहतस्वरुप खाद्य सामग्री सहयोग गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँबराबरको सामग्री गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिए

गठबन्धनका तर्फबाट देवकोटाद्वारा उम्मेदरवारी दर्ता

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्। माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश स