नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले प्रदेशसभाको बैठक लम्ब्याएर दुई-पाँच दिन सत्ताको आयु लम्ब्याएर के हुन्छ भन्ने प्रश्न गरेका छन् ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बिहीबार भाग लिँदै उनले आफूहरुले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको बताए । उनले आगामी निर्वाचनसम्म नै यो गठबन्धन जारी रहने पनि बताए । उनले प्रदेश सरकारले धेरै भ्रमको खेती गरेको र कागजमा मात्र विकासको