कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । नेता थापाले शनिबार मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर …