राति १० बजे प्रधानमन्त्री देउवाको निवासमा ऋषि धमला जबरजस्ती प्रवेश गर्न खोजेपछि …

प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनदेखि धनगढीमा छन् । देउवा धनगढीस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । कांग्रेस कैलालीका असन्तुष्ट नेता, कार्यकर्तासँग गोप्य भेटघाट गरिरहेका देउवाको निवासमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । सोमबार धनगढी पुगेका पत्रकार ऋषि धमला राति करीब १० बजेको आसपासमा प्रधानमन्त्रीलाई भेट्न उनको निजि निवासमा पुगेका थिए तर सुरक्षार्थ तैनाथ भएका सुरक्षाकर्मीले उनलाई प्रवेशको अनुमति दिएनन् ।जबरजस्ती गरेर गेट भित्र प्रवेश गर्न खोजिरहेका धमलालाई सुरक्षाकर्मीले कसैलाई प्रवेश गर्न नदिनू भन्ने आदेश भएकाले जान नमिल्ने बताए । सुरक्षा स्रोतकाअनुसार धमला गेटमा पुगेकाले प्रधानमन्त्रीलाई भेट्न खोजेको विषयमा निजी सचिवालयलाई जानकारी गराएका थिए ।सचिवालयले धमलालले प्रधानमन्त्रीको समय नलिएको र कार्य व्यवस्ताका कारण भेट्न नसकिने भनेको बताउदै सुरक्षाकर्मीले उनलाई गेटमा रोकेको थियो । निवासभित्र प्रवेश नपाएपछि धमला त्यहाँबाट फर्किएका थिए ।आज पनि धनगढीमै रहेका प्रधानमन्त्री देउवाले नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तिव्र पारेका छन् । उनी पार्टीमा असन्तुष्ट नेता र बागी उम्मेदवारको पक्षमा लागेकाहरुसँग छलफलमा व्यस्त छन् । 

सम्बन्धित सामग्री

पत्रकार ऋषि धमला ‘द बेष्ट पपुलर मिडिया पर्सन’ अवार्डबाट सम्मानित

काठमाडौं, २९ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन–२ को ‘द बेष्ट पपुलर मिडिया पर्सन’ अवार्डबाट सम्मानित भएका छन् । आज (बुधबार) काठमाडौंको सोल्टी होटलमा आयोजित एक समारोहका बीच पत्रकार धमलालाई उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको हातबाट प्रदान गरिएको […]

नेपाल इभ टुरिजम टुर दुवई-२०२२ मा भाग लिन ऋषि धमला दुवई उडे

काठमाडौं, ४ भदौ । ब्लु चिप ग्रुप अफ कम्पनीले आयोजना गर्न लागेको नेपाल इभ टुरिजम टुर दुवई-२०२२ मा भाग लिन रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला दुवई प्रस्थान गरेका छन् । भोलि अगष्ट २१ तारिख दुवईको वल्र्ड ट्रेड सेन्टरको शिख रशिद हलमा आयोजना गरिने कार्यक्रममा पत्रकार धमला अतिथिको रुपमा सहभागी हुने […]

ऋषि धमला “नेश्नल ईन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान-२०७९” बाट सम्मानित

काठमाडौं, ३० साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला नेश्नल ईन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान २०७९ बाट सम्मानित भएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच धमलालाई उक्त अवार्ड प्रदान गरिएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धमलालाई सम्मानपत्र प्रदान गरेका हुन् । […]

ऋषि धमला ‘विनायक सिद्ध कलेज पत्रकारिता अभिनन्दन २०७८’ बाट सम्मानित

काठमाडौं, २४ पुष । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमला ‘विनायक सिद्ध कलेज पत्रकारिता अभिनन्दन २०७८’ बाट सम्मानित भएका छन् । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर पत्रकार धमलालाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । धमलालाई प्रदान गरिएको अभिनन्द–पत्रमा लेखिएको छ,‘नेपाली खोजमूलक पत्रकारिताको क्षेत्रमा यहाँले विगत तीन दशकदेखि अनवरत रुपमा तन, […]

तरकारीको 'राजा' आलु, पत्रकारिताका ऋषि धमला !

परार साल प्राइम टाइम नाम गरेको टेलिभिजनमा गएको थिएँ। एकजना युवती ऋषि धमला दाजुको अनुहारमा क्रिम दल्दै थिइन् । उनको अफिसमा सानोतिनो ब्युटीपार्लर नै रहेछ। धमला दाजुको सुन्दरताको राज मैले त्यतिखेर नै बुझ्ने अवसर पाएको हुँ । धमला दाजुले मलाई पनि अनुहारमा क्रिम दल्न आग्रह गरेका थिए । तर म प्राकृतिक रूपमै सुन्दर भएका कारण कहिल्यै क्रिम दल्दिनँ । त्यतिखेर धमला दाजुले मलाई 'धेरै केटीको पछाडि नलाग्नू' भनेका थिए । सबैको भलो चाहने मजस्तो सोझो मान्छेलाई खै किन उनले विना प्रसंग त्यस्तो उपदेश दिए, मलाई आजको मितिसम्म पनि...