परार साल प्राइम टाइम नाम गरेको टेलिभिजनमा गएको थिएँ। एकजना युवती ऋषि धमला दाजुको अनुहारमा क्रिम दल्दै थिइन् । उनको अफिसमा सानोतिनो ब्युटीपार्लर नै रहेछ। धमला दाजुको सुन्दरताको राज मैले त्यतिखेर नै बुझ्ने अवसर पाएको हुँ । धमला दाजुले मलाई पनि अनुहारमा क्रिम दल्न आग्रह गरेका थिए । तर म प्राकृतिक रूपमै सुन्दर भएका कारण कहिल्यै क्रिम दल्दिनँ ।
त्यतिखेर धमला दाजुले मलाई 'धेरै केटीको पछाडि नलाग्नू' भनेका थिए । सबैको भलो चाहने मजस्तो सोझो मान्छेलाई खै किन उनले विना प्रसंग त्यस्तो उपदेश दिए, मलाई आजको मितिसम्म पनि...