कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एमालेको आधिकारिक फेसबुक पेजमार्फत उनको अवस्था सामान्य रहेको जानकारी गराइएको हो । केहिदिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि उनी आफ्नो निजी निवास बालकोट मै आराम गरिरहेका थिए । फेसबुक पेजमार्फत पार्टीका अध्यक्ष ओलीको […]

सम्बन्धित सामग्री

नगरप्रमुख चिरीबाबु कोरोना संक्रमित

काठमाडौँ : ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार संक्रमण पुष्टि भएको महानगरपालिकाले विज्ञप्ति जारी गर्दै जनाएको छ।उनले अहिले घरमै स्वास्थ्य लाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै महानगरपालिकाले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

जब कोरोना संक्रमित भएँ अनि…

वीरगन्ज । पुस ३० गते नारायणी एफएम वीरगन्जमा बिहानको डिउटी थियो । बिहान ११ बजेसम्म डिउटी सकाएर खाना खाई सार्वजनिक बस नै चढेर हेटौंडा आएँ । हेटौंडामा मेरो परिवारमा बस्ने गर्दछन्, मेरो भने कार्यक्षेत्र वीरगन्ज भएकाले शुक्रबारको डिउटी सकाएर घर फर्किएको थिएँ । मेरो स्वास्थ्य अवस्था सामान्य थियो । ओमिक्रोनको समाचारको विषयमा रेडियोबाट नै धेरै […]

माधवकुमार नेपाल कोरोना संक्रमित

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् । उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

कोरोना संक्रमित भइ उपचाररत काँग्रेस महामन्त्रीको अवस्था सामान्य

कोरोना संक्रमित भइ हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा अवस्था सामान्य रहेको उल्लेख गरिएको छ । उनी सो अस्पतालमा असोज १२ गतेदेखि उपचाररत रहेका छन् भने उनमा निमोनियाको समस्या देखिएको थियो । उनको छिट्टै डिस्चार्ज हुने बताइएको छ ।

कांग्रेस नेता पौडेल कोरोना संक्रमित

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड–१९ संक्रमण पुष्टी भएको छ। बीपी स्मृति हस्पिटल बसुन्धरामा परीक्षण गर्दा पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, जन्माइन् स्वस्थ बच्चा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए।  उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनक

बाँकेमा तीन कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बाँके : बाँकेका दुई अस्पतालमा तीनजना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। भेरी अस्पतालमा एक र नेपालगंज मेडिकल कलेजमा दुई गरी तीन गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको हो।भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी नेतृत्वको टिमले बर्दिया बढैयाताल गाउँपालिका–१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो। चार वर्षअघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो। सात दिनअघि कोरोना संक्रमण भएर महिला होम आइसोलेसनमा बसेकी थिइन्। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सा

कोरोना संक्रमित रणधीर कपूरलाई आइसीयूमा सारियो

भारतीय अभिनेता रणधीर कपूर आइसीयूमा भर्ना गरिएको छ। कोरोना संक्रमित भएका रणधीर कपूरलाई आइसीयूमा भर्ना गरिएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो। उनले आफूलाई आइसीयूमा सारिएता पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपूरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आइसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा…

कोरोना संक्रमित रणधीर कपूरलाई आईसीयूमा सारियो

भारतिय अभिनेता रणधीर कपूर आईसीयूमा भर्ना गरिएको छ। कपूर कोरोना संक्रमित भएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो। उनको आफूलाई आईसीयूमा सारिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपुरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आईसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले…

गायक प्रकाश सपूत कोरोना संक्रमित

काठमाडौं। चर्चित गायक तथा नवनायक प्रकाश सपूत कोरोना संक्रमित भएका छन्। काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो। होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता समस्या देखिएको थियो। अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको प्रकाशले बताए। लक्षण सामान्य भएपनि कोरोना संक्रमणले निकै हतोत्साहित गराएको उनले भने।