बाँके : बाँकेका दुई अस्पतालमा तीनजना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। भेरी अस्पतालमा एक र नेपालगंज मेडिकल कलेजमा दुई गरी तीन गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको हो।भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी नेतृत्वको टिमले बर्दिया बढैयाताल गाउँपालिका–१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो। चार वर्षअघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो। सात दिनअघि कोरोना संक्रमण भएर महिला होम आइसोलेसनमा बसेकी थिइन्। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सा