कोरोना संक्रमित भइ हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।
उनी सो अस्पतालमा असोज १२ गतेदेखि उपचाररत रहेका छन् भने उनमा निमोनियाको समस्या देखिएको थियो । उनको छिट्टै डिस्चार्ज हुने बताइएको छ ।