काठमाडौँ : ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार संक्रमण पुष्टि भएको महानगरपालिकाले विज्ञप्ति जारी गर्दै जनाएको छ।उनले अहिले घरमै स्वास्थ्य लाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै महानगरपालिकाले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।