काठमाण्डौ – नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाल एक चीन नीतिमा उभिनुपर्ने धाराणा राखेका छन् । आज बिहीवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीन विरोधी गतिविधिहरू गरेको यो पहिलो पटक नभएको...