सरकार र नागरिकहरूबीचको असल सम्बन्धको राजनीतिक परिवेश हो— सुशासन । यसका लागि राष्ट्रको कार्यसम्पादनमा अवलम्बन गरिएका प्रक्रिया, प्रणाली र परम्पराद्वारा नागरिकहरूसँग सकारात्मक हिसाबको आर्थिक, सामाजिक तथा राजनीतिक सम्बन्ध विकास गरेर सरकारले आफ्नो वैधानिकता सिद्ध गर्ने प्रयास गर्छ ।