बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्याप-थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिवार एक कार्यक्रमका वीच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।