चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ ।उक्त सडकअन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभागअन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । सडकसम्बन्धी […]

सम्बन्धित सामग्री

बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो । नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । “हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।