गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

गाेरखा – गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ । यस सडक अन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले विभागलाई हस्तान्तरण गरेको हो ।  आज साेमवार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभाग अन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो । सडकसम्बन्धी आयोजना प्रतिवेदनमा हस्ताक्षर गरी औपचारिक ...

सम्बन्धित सामग्री

चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण

गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने सडकको १८ किलोमिटर खण्ड सडक विभागलाई हस्तान्तरण गरिएको छ ।उक्त सडकअन्तर्गत लापूको हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक सेनाले हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले सडक विभागअन्तर्गतको स्थानीय कार्यालय ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । सडकसम्बन्धी […]

बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो । नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । “हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।