बेलायतद्वारा ६७ किलोमिटर सडक हस्तान्तरण

सुर्खेत : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गापाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’&sbquo

सम्बन्धित सामग्री

गमगढी–दर्खेखोला सडक हस्तान्तरण

मुगु–हुम्ला लिंकरोडअन्तर्गत गमगढीको रेडक्रसदेखि दर्खेखोलासम्मको ११ किमि सडक हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको ६७ किमि सडकमध्ये ११ किलोमिटर सडक बिहीबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

कर्णाली करिडोरको १२२ किमि सडक हस्तान्तरण

कर्णालीको लाइफ लाइनका रूपमा रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको १२२ किमि सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । निर्माणको जिम्मा लिएको सात वर्षमा नेपाली सेनाले निर्माणकार्य सकेर हस्तान्तरण गरेको हो ।कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी […]

धनगढीको कालोपत्रे ६ महिना नपुग्दै भत्किन थाल्यो

धनगढी : धनगढीको ढुंगेबजार–हनुमान मन्दिर–यातायात कार्यालय हुँदै तारानगर पुग्ने नालीसहितको कालोपत्रे सडक निर्माणका भएको ६ महिना नपुग्दै भत्किन सुरु भएको छ।सडक निर्माणका लागि २०७४ फागुनमा निर्माण सम्झौता भयो। तीन किलोमिटर ३८४ मिटर लामो सडकसहित दुवैतिर नाली निर्माणका लागि लामा–खड्का–कृष्ण जेभीसँग सघन सहरी विकासअन्तर्गत ठेक्का सम्झौता गरिएको थियो। तर, विद्युतका पोलहरु नालीको बीच भागमा राखेर निर्माण गरियो। यसरी निर्माण गरिएपछि पानीको निकास नै रोकिन पुगेको छ।सडक हस्तान्तरण गरेको

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

२०७१ चैत ९ गतेबाट काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।...

तीन जिल्ला जोड्ने खुलालु-लैफु-सलीसल्ला सडक

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण गरेको छ ।  नेपाली सेनाका कर्णाली करिडोर सडक कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट आयोजना प्रमुख विष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।  २०७१ चैत ९ गतेबाट निर्माण शुरू गरिएको कुल १२२.७५ किलोमिटर लम्बाइ र औसत ६ मिटर चौडाइ रहेको उक्त सडक खण्डले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ ।  सडक निर्माणसँगै राष्ट्रिय सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हु...

नेपाली सेनाद्वारा ‘खुलालु–लैफु–सलीसल्ला’ सडक खण्ड हस्तान्तरण

काठमाडौं।नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक खण्डको कार्य सम्पन्न भएको छ।सो सडकसेनाले हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुख विष्णुदास लामालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले सडक हस्तान्तरण गरेका हुन्। २०७१ चैत्र ९ गतेबाट निर्माण सुरु गरिएको उक्त सडकको लम्बाई १२२.७५ किलोमिटर र चौडाई ६ मिटर रहेको छ।

स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर

बाग्लुङ । दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए... The post स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर appeared first on Purbeli News.

अधुरै हुलाकी सडक हस्तान्तरण

हुलाकी सडकअन्तर्गत पर्साको चमरी–ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेको छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँ/कालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।

वीरगन्ज–ठोरी सडकमा निकुञ्जको रजाइँ निर्माण सम्पन्न नहुँदै हस्तान्तरण

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरगन्ज–ठोरी हुलाकी सडक, निर्माण काम पूरा नहुँदै नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गर्न अवरोध गरेपछि ५ किलोमिटर कालोपत्रे नहँुदै हुलाकी सडक हस्तान्तरण गरिएको हो । इन्डियन कन्सल्टेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरूपमा रिबन काटेर राजमार्गको उद्घाटन गर्दै नेपाली […]

कालीगण्डकी करिडोर अन्तर्गतको सडक हस्तान्तरण

नेपाली सेनाले निर्माणाधिन कालीगण्डकी करिडोर सरकारलाई हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत सेनाले करिडोरअन्र्तगत गुल्मीको रुद्रवेनीदेखि अर्वेनीसम्म (२० कि.मि.) र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्म (१० कि.मि.) सहित ३० किलोमिटर सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको हो ।