नेपाली सेनाले हस्तान्तरण गर्‍यो तिब्बत जोड्ने १८ किलोमिटर सडक

नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको १८ किलोमिटर ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई हस्तान्तरण गरेको छ। धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्ता...

सम्बन्धित सामग्री

नेपाली सेनाले कङ्गोमा बनाइदियो १२ किलोमिटर सडक

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते समापन गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त अवसरमा सहभागी अधिकारीहरुले ने

नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली श

बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो । नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । “हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।