काठमाडाैं : तत्कालिन अबस्थामा आधुनिक मानिएको र अहिले सम्म ख्याति प्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। थाइल्याण्डमा उपचाररत होटल एसोसिएसन हानका पूर्वअध्यक्ष कक्षपतिको आज निधन भएको हो। करिब दुई महिनादेखि उनी त्यहाँ उपचाररत थिए। उनमा मुखसम्बन्धी क्यान्सरको समस्या थियो। ७१ वर्षीय कक्षपतिमा कोरोना संक्रमण पनि भएको थियो। परिवार नै साथै भएकाले शवलाई उतै अन्त्येष्टि गर्ने वा ल्याउनेबारे भोलि मंगलबार मात्रै थाहा हुने पारिवारिक स्रोतले