वीरगञ्ज महानगरको कबाडी करको ठेक्का लिएर अवैध असुली

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कबाडी करको ठेक्का पाएको ठेकेदार कम्पनीले अवैध रुपमा रकम असुली गरिरहेको पाइएको  छ। महानगरको कबाडी करको ठेक्का पाएको गणपति निर्माण सेवाले अवैध रुपमा मालबाहक तथा खाली ट्रकसँग रकम असुली गरिरहेको हो। वीरगञ्ज महानगरपालिका–२२ मा रहेको ठेकेदार कम्पनीले आफ्ना कर्मचारीहरु खटाएर अवैध रुपमा ट्रकसँग असुली गरिरहेको ट्रान्सपोर्ट व्यवसायीहरुले गुनासो गरेका छन्। भन्सारबाट […]

सम्बन्धित सामग्री

एक हप्तामै उप्कियो कालोपत्रे

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकास्थित जगरनाथपुरदेखि मिलन चोकसम्मको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उप्किएको छ। नौ किलोमिटरसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी शारदा अमित निर्माण सेवाले हतार हतार कालोपत्रे गर्दा एक हप्ता पनि टिक्न नसकेको हो। ०७९/८० को अन्तिम महिना असारमा ठेकेदार कम्पनीले उक्त सडकखण्डमा कालोपत्रे गरेको थियो। ठेकेदार कम्पनीले ३ करोड ४० लाख […]

वीरगञ्ज आईसीपी १ अर्ब ८१ करोडमा कैलाश टर्मिनललाई जिम्मा दिने तयारी

२१ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । ५ वर्षका लागि कैलाश टर्मिनल जेभीले १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा ठेक्का सकार गरेको हो । आईसीपी सञ्चालन एवं व्यवस्थापन गर्दै आएको इन्टर मोडल यातायात विकास समितिले सम्झौता हुन भने बाँकी रहेको […]

स्थानीय तहबीचको विवादलाई लिएर पर्साका खोलाको समयमा ठेक्का लागेन

वीरगञ्ज – स्थानीय तहबीच विवाद हँुदा पर्सामा रहेका विभिन्न खोलाको ठेक्का लाग्न सकेको छैन। खोलाको सिमानालाई लिएर स्थानीय पालिकाबीच विवाद हँुदा खोलाको ठेक्का समयमै लाग्न नसकेको हो। पर्सामा रहेको भलुवाही र जमुनिया खोलाको सिमानालाई लिएर दुई स्थानीय तहबीच विवाद चलिरहेको छ। भलुवाही खोलाको सिमानालाई लिएर जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाबीच विवाद भएपछि पटेर्वा सुगौली […]

भेडाहा खोलामा डोजर प्रयोग गरेर अवैध उत्खनन्

वीरगञ्ज – ठेक्का नै नपाएका ठेकेदारले वीरगञ्जको भेडाहा खोलामा डोजर प्रयोग गरेर गिट्टी–बालुवा निकालेको पाइएको छ। महानगरपालिकाको वडा नम्बर ३१ स्थित भेडाहा खोलाबाट स्वछन्द युनाइटेड बिल्डर्स जेभीले बालुवा गिट्टी निकाल्न डोजरको प्रयोग गरेको हो। भेडाहा खोलाको ठेक्का भने स्वछन्द युनाइटेड बिल्डर्स जेभीले लिएको छैन। तर उसले वीरगञ्ज महानगरपालिकामा राजश्व तिरेर डोजरको प्रयोग गरेर गिटी बालुवा […]

स्थानीय तहले ठेक्का नलगाउँदा पर्साका खोलाबाट निर्वाध गिट्टी बालुवा तस्करी

वीरगञ्ज – पर्साका विभिन्न पालिकामा रहेका नदी तथा खोलाबाट निर्वाध गिट्टी–बालुवा तस्करी भइरहेको छ। जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा रहेका खोलाबाट गिट्टी बालुवा तस्करी भइरहेको हो। यी खोलाको सम्बन्धित स्थानीय तहले समयमै ठेक्का नलगाएका कारण तस्करले गिट्टी बालुवा तस्करी गरिरहेका छन्। समयमै ठेक्का लगाएर राजश्व संकलन गर्ने स्रोतको रूपमा […]

पुलको ठेक्का तोड्ने सूचनाविरुद्ध अदालतको अन्तरिम आदेश

वीरगञ्ज (अस) । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले एक निर्माण कम्पनीसँग पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरेकोविरुद्धमा परेको मुद्दामा उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलाशले अन्तरिम आदेश जारी गरेको छ । वीरगञ्ज इजलाशका न्यायाधीश राजेशकुमार काफ्लेले यस्तो आदेश दिएका हुन् । सडक कार्यालयले रौतहटको लालबकैया खोलास्थित टिकुलिया पुल निर्माणको काम समयमा पूरा नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । सडकले यही जेठ १० गते सम्झौता अन्त्यको सूचना निकालेको थियो । अदालतले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय र सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ । सडक कार्यालयले एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर ठेक्का तोडेपछि पप्पुका सञ्चालक सुमित रौनियार अदालत पुगेका थिए । पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नआएकाले ठेक्का तोड्नु परेको सूचना सडक कार्यालयले निकालेको छ । सडक डिभिजन कार्यालयका प्रमुख दरोगाप्रसाद साह निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेकाले नियमानुसार ठेक्का सम्झौता अन्त्य गरिएको बताउँछन् ।

नेपाल बन निगमका सीईओले सेटिङमा दिए ८० लाखको ठेक्का, नियम विपरीत घरभाडा

नेपाल बन निगमका सीईओ रामेश्वर भट्टराईले ८० करोड रकम बराबरको ठेक्का आफन्तका कम्पनीलाई दिएको पाइएको छ । रातोपाटीलाई प्राप्त पत्रमा सीईओ भट्टराईले एकै व्यक्तिका कम्पनीलाई टुक्रा पारेर ८० लाख बराबरको ठेक्का दिएको पाइएको हो ।भट्टराईले निगमको नाममा रहेको हेटौंडा, वीरगञ्ज, धनगढी र काठमाडौं लगायत स्थानको जग्गा व्यवस्थापन र व्यापारिक भवन निर्माण सम्बन्धमा मास्टर प्लान बनाउन र डिजाइन गर्नका लागि भन्दै आफन्त र एकै कम्पनीका व्यक्तिलाई ठेक्का दिएको पाइएको हो ।२० लाख भन्दा बढी रकमको ठेक्का दिँदा सार्वजनिक खरि

काम पूरा नगर्ने कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साद्वारा पूरा रकम भुक्तानि

वीरगञ्ज – ठेक्का दिइएको काम सम्पन्न नगरेको कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साले १८ लाख भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालय पर्साले वनको काम गर्न ठेक्का पाएको ग्रिन नेपाल कन्सलटेनसीलाई १८ लाख ४२ हजार रकम भुक्तानी दिएको हो । भुक्तानी समेत लिएको भए पनि उक्त कन्सलटेन्सीले भने काम सम्पन्न गरेको छैन […]

वीरगञ्ज-पथलैया ६ लेन सडकमा ढिलासुुस्ती र लापरबाही

२० कात्तिक, वीरगञ्ज । निर्माणाधीन सडकबाट उडेको धुलो नियन्त्रण नगरेको भन्दै असोज २४ गते बाराको परवानीपुरका बासिन्दाले आधा घण्टा सडक अवरुद्ध पारे । निर्माणाधीन सडकको धुलो नियन्त्रण नगर्दा बजार क्षेत्रका पसल, घरहरु धुलाम्य छन् । बाराको पथलैयादेखि वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईपीसी) सम्मको ३१ दशमलव २८ किलोमिटर सडक ८ वटा प्याकेजमा ठेक्का लगाएर कालोपत्रे […]

उज्यालो वीरगञ्ज योजना : सकिन लाग्यो ठेक्का अवधि, आधा पनि छैन प्रगति

जेठ २९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगञ्ज योजनामा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोग र महानगरको संयुक्त लगानीमा नगरक्षेत्रमा सडक बत्ती जडानको योजनाले गति लिन नसकेको हो ।  समपूरक योजनाअन्तर्गत १३ महीनामा ३२ ओटै वडामा बत्ती जडान गर्ने लक्ष्य राखिएको थियो । ठेक्का अवधि सकिन १ महीनामात्र बाँकी रहँदा योजनाको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको महानगरको योजना महाशाखाले बताएको छ ।  मूल्य अभिवृद्धि करबाहेक २३ करोड ९६ लाख रुपैयाँमा नगरक्षेत्रमा १३ हजार ३९० ओटा बत्ती जडान गर्ने ठेक्का लगाइएको महानगरले बताएको छ । योजनामा महानगर र योजना आयोगको ५०/५० प्रतिशत बजेट रहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।  महानगरले सूर्योदय उर्जा र टप सन इनर्जी जेभीलाई ७ जुन २०२० मा ठेक्का दिएको थियो । १४ जुलाई २०२१ मा काम पूरा हुनु पर्नेमा ६० प्रतिशत काम बाँकी नै रहेको महानगरको योजना महाशाखाको तथ्यांकले देखाउँछ । नगरक्षेत्रमा तोकिएका सडकमा १००, ६० र ४० वाटका बत्ती जडान गर्नुपर्ने कार्यादेश महानगरको छ ।  निर्माण कम्पनीले भारतको नाशा लाइटबाट १० हजार ओटा बत्ती भित्र्याइसकेको छ । ती मध्ये ४ हजार ३०० बत्ती जडान भएको र बाँकी काम अघि बढ्न नसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीका कारण योजनामा ढिलाई भएको हो । निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  सरकारले कोरोना महामारीका कारण ढिलाई भएका सबै योजनाको म्याद ६ महीना थप्ने निर्णय गरिसकेको छ । कोरोनाकै कारण कामदार आपूर्ति हुन नसक्दा अहिले बत्ती जडानको काम रोकिएको महानगरले बताएको छ । योजनामा पोल गाड्ने, तार विस्तार र बत्ती जडानलगायतका काम बाँकी छन् ।  अहिलेसम्म वीरगञ्जका वडा नं. १, २, ८, १३, १५, १६ र १७ मा बत्ती जडान भएको महानगरले बताएको छ । नगरक्षेत्रका ८ मीटरभन्दा फराकिलो सडकमा बत्ती जडान गरिने योजना छ । यसअघि नै सौर्यबत्ती जडान भइसकेका क्षेत्रमा यो योजना राखिएको छैन । गुणस्तरमा प्रश्न :  वीरगञ्जको वडा नम्बर १५ मा जडान गरिएका बत्ती गुणस्तरहीन भएको आरोप स्थानीयले लगाएका छन् । जडान गरिएका बत्ती केही दिनमै बल्न छोडेपछि गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए ।  बत्ती जडानमा प्रयोग भएको तामाको तारमा कार्बन जमेकाले समस्या भएको महानगरका इन्जिनियर अधिकारीले बताए । कार्बन जमेको तार हटाएपछि बत्ती पुनः बल्न शुरू भएको जानकारी पनि उनले दिए ।   महानगरमा जडान भइरहेका बत्ती उत्पादकले नै गुणस्तर परीक्षण गरेर पठाएको र ५० हजार घण्टा बल्नुपर्ने योजना महाशाखाले बताएको छ ।