उज्यालो वीरगञ्ज योजना : सकिन लाग्यो ठेक्का अवधि, आधा पनि छैन प्रगति

जेठ २९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगञ्ज योजनामा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोग र महानगरको संयुक्त लगानीमा नगरक्षेत्रमा सडक बत्ती जडानको योजनाले गति लिन नसकेको हो ।  समपूरक योजनाअन्तर्गत १३ महीनामा ३२ ओटै वडामा बत्ती जडान गर्ने लक्ष्य राखिएको थियो । ठेक्का अवधि सकिन १ महीनामात्र बाँकी रहँदा योजनाको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको महानगरको योजना महाशाखाले बताएको छ ।  मूल्य अभिवृद्धि करबाहेक २३ करोड ९६ लाख रुपैयाँमा नगरक्षेत्रमा १३ हजार ३९० ओटा बत्ती जडान गर्ने ठेक्का लगाइएको महानगरले बताएको छ । योजनामा महानगर र योजना आयोगको ५०/५० प्रतिशत बजेट रहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।  महानगरले सूर्योदय उर्जा र टप सन इनर्जी जेभीलाई ७ जुन २०२० मा ठेक्का दिएको थियो । १४ जुलाई २०२१ मा काम पूरा हुनु पर्नेमा ६० प्रतिशत काम बाँकी नै रहेको महानगरको योजना महाशाखाको तथ्यांकले देखाउँछ । नगरक्षेत्रमा तोकिएका सडकमा १००, ६० र ४० वाटका बत्ती जडान गर्नुपर्ने कार्यादेश महानगरको छ ।  निर्माण कम्पनीले भारतको नाशा लाइटबाट १० हजार ओटा बत्ती भित्र्याइसकेको छ । ती मध्ये ४ हजार ३०० बत्ती जडान भएको र बाँकी काम अघि बढ्न नसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीका कारण योजनामा ढिलाई भएको हो । निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  सरकारले कोरोना महामारीका कारण ढिलाई भएका सबै योजनाको म्याद ६ महीना थप्ने निर्णय गरिसकेको छ । कोरोनाकै कारण कामदार आपूर्ति हुन नसक्दा अहिले बत्ती जडानको काम रोकिएको महानगरले बताएको छ । योजनामा पोल गाड्ने, तार विस्तार र बत्ती जडानलगायतका काम बाँकी छन् ।  अहिलेसम्म वीरगञ्जका वडा नं. १, २, ८, १३, १५, १६ र १७ मा बत्ती जडान भएको महानगरले बताएको छ । नगरक्षेत्रका ८ मीटरभन्दा फराकिलो सडकमा बत्ती जडान गरिने योजना छ । यसअघि नै सौर्यबत्ती जडान भइसकेका क्षेत्रमा यो योजना राखिएको छैन । गुणस्तरमा प्रश्न :  वीरगञ्जको वडा नम्बर १५ मा जडान गरिएका बत्ती गुणस्तरहीन भएको आरोप स्थानीयले लगाएका छन् । जडान गरिएका बत्ती केही दिनमै बल्न छोडेपछि गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए ।  बत्ती जडानमा प्रयोग भएको तामाको तारमा कार्बन जमेकाले समस्या भएको महानगरका इन्जिनियर अधिकारीले बताए । कार्बन जमेको तार हटाएपछि बत्ती पुनः बल्न शुरू भएको जानकारी पनि उनले दिए ।   महानगरमा जडान भइरहेका बत्ती उत्पादकले नै गुणस्तर परीक्षण गरेर पठाएको र ५० हजार घण्टा बल्नुपर्ने योजना महाशाखाले बताएको छ । 

सम्बन्धित सामग्री

तीतोमीठो : ल है प्रगति गर्नोस् !

सबैले भन्छन् प्रगति गर्नुपर्छ । तर कसरी गर्ने ? यो अभाव, पाखण्ड, भ्रष्टाचारको दलदलमा बसेर कता, कसरी प्रगति गर्ने ? तर नेताहरू घाँटी सुक्नेगरी कराइरहेका छन् प्रगति गर, प्रगति गर भनेर । सरकार पनि जनतालाई भन्छ, जे जस्तो परिस्थिति भए पनि प्रगति गर, बाँकी काम सरकारले गर्छ ! सरकार भन्छ तिमी जागीर खाऊ, बेरोजगारीको समस्या आधा समाप्त हुन्छ । फेरि तिम्रो भाइलाई पनि कुनै काममा लगायौ भने बाँकी आधा बेरोजगारी पनि खत्तम । तिमीले काम गर्‍यौ भने सरकारले गरीबी निवारण गर्छ, सरकारको अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य पूरा हुन्छ रे ! प्रगति आधुनिक मानिसको चस्का हो । प्रगति हाम्रा समस्याहरूको हल पनि हो । हाम्रा घरहरू बन्नेबित्तिकै देशमा घरविहीनका समस्या दुई तिहाइले हल हुन्छ । बाँकी समस्या शहरहरूमा बनिरहेका अग्लाअग्ला गगनचुम्बी महलमा बनिरहेका फ्ल्याट वा अपार्टमेन्टहरू माथि उठ्नासाथ त्यो पनि समाप्त हुन्छ । प्रगति नगरीकन समस्याहरू सिद्धिँदैनन् । देशमा बेरोजगारी छ । ठीक छ । तिमी जागीर खोज वा स्टार्टअप शुरू गर, नभए विदेश जाऊ । यो सब गर्न कसैलाई अतिरिक्त तिर्नुपर्छ भने तिर । व्यवसाय गर्न घुस दिनुपर्छ भने देऊ । कसैको चाकरी गर्नुपर्छ भने गर । तर प्रगति चैं गर । जागीर पाउनु प्रगति हो, व्यवसाय गर्नु प्रगति हो, अतिरिक्त लाभ प्राप्त गर्नु पनि प्रगति नै हो । निजी सुरक्षा प्रगति हो । सुखी जीवन प्रगति हो । तिमीले पढ्यौ भने शिक्षामा प्रगति हुन्छ । तिमीले कुनै कारखाना चलायौ भने देशमा उद्योग बढ्छ । तिमीले प्रगति गरे सरकारले पनि प्रगतिको चार्ट देखाउन पाउँछ । हिजोआज मानिसहरू ठूल्ठूलो स्वरमा जताततै भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुनुहुँदैन मात्र भनिरहन्छन् । ऊनीहरू जुन जुन ठाउँमा सेवा लिन पुग्छन्, त्यहाँ त्यहाँ भ्रष्टाचार हुँनै हुँदैन भनेर कराइरहन्छन् । अर्थात् जुन जुन सरकारी अफिस जसरी चलिरहेको छ चलिरहोस्, तर जब कुनै व्यक्ति त्यस कार्यालयमा पुग्छ, त्यसबेला उसले ख्वाउने, पियाउने गर्न नपरोस् । आफ्नो काम फटाफट होस् । मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ । तर सेवा दिएर प्रगति गर्न चाहने मानिसहरू त्यसको ठ्याक्कै उल्टो चाहन्छन् । उनीहरू चाहन्छन् कि देशमा कतै पनि भ्रष्टाचार नहोस्, केवल त्यो ठाउँ छाडेर जहाँ उनीहरू कार्यरत छन् । त्यसैले त न्यायाधीशले अदालतमा भ्रष्टाचार देख्दैन, नेता र पुलिसमा देख्छ । कर्मचारीले आफूकहाँ देख्दैन नेतामा देख्छ । नेता पनि के कम ? आफ्नो आङमा बसेकोे भ्रष्टाचारको भैंसी देख्दैन, कर्मचारीको जीउमा हिँडिरहेकोे घुसको जुम्रा मात्र देख्छ । मानिसहरू चाहन्छन् कि सेवा लिन न्यायालयको र न्यायाधीशको वा अरू कसैको पनि ढोका चहार्न नरोस् र सेवा दिनेको पनि प्रगति होस् । तर फेरि उनीहरू नै कामना गर्छन् कि सरकारी कार्यालयमा वा न्यायालयमा भ्रष्टाचार नहोस् । यस्तो कसरी सम्भव हुन्छ र ? किनकि आफ्ना प्रगतिका आकांक्षा गर्नेले खुला सडकमा हिँडेर त व्यक्तिगत प्रगति हुन सक्दैन । त्यसैले उनीहरू घरघर, दलदल, गल्लीगल्लीका बाटाहरू प्रयोग गर्छन् । यसरी देशैभरि यस्तै प्रगतिको हावा चलिरहेको छ । सबै दलका भूरे टाकुरे प्राय: सबै नेताहरूको सन्देश पनि यही छ कि यसरी नै प्रगति गरिरहू । र यसरी नै देशले प्रगति पनि गरिनै रहेको छ । तर प्रगतिको बाटोमा केही ढुंगाहरू बाँकी छन् । केही पत्रिका र केही पत्रकार छन् । केही कानून छन् । केही विधेयक छन्, जसलाई पास वा फेल गराउनु छ । ती पत्रिका वा पत्रकारहरूलाई केही दिएर गोदी भनेजस्तै काखे मिडियामा परिवर्तन गर्नु, गराउनु छ, ता कि उनीहरूको निजी आर्थिक प्रगतिको रथ अघि बढोस् । त्यसैले कुनै पनि सभा, सम्मेलनमा दुई चारजना जम्मा भएको देख्नासाथ नेताहरू घाँटी सुक्नेगरी, मुटु फुट्नेगरी कराउन थालिहाल्छन्, ‘देशमा भ्रष्टाचार समाप्त हुनुपर्छ ।’ यो उनीहरूको इमानदार इच्छा हो र उनीहरूको दलको घोषणापत्रमा पनि त्यही लेखिएको छ । तर उनीहरूको राजनीतिक दलले पनि प्रगति गर्नु छ । प्रभाव बढाउनु छ, चुनाव जित्नु छ । त्यसैले बाध्य भएर दुई नम्बर कमाइको पैसा ग्रहण गर्नैपर्छ । ऊ मनमनै सोच्छ ‘चारैतिर पवित्र सामाजिक एवं राजनीतिक वातावरण होस्, भ्रष्टाचारहीनताको वातावरण होस् । तर केबल मेरा लागि मात्र यो सुविधा होस् कि भ्रष्ट तरीकाले नै भए पनि प्रस्ट अघि बढ्न सकूँ ।’ प्रगति प्रत्येक व्यक्तिको निजी मामला हो र उसले आफ्नै तरीकाले सुल्झाउनुपर्छ । शिक्षामा भ्रष्टाचार चलिरहोस् । ता कि मेरा छोराछोरीले विदेश जाने मौका पाइरहून्, मेरा कार्यकर्ताले राजनीतिक नियुक्ति पाइरहून् । ठेक्कापट्टामा भ्रष्टाचार चलिरहोस्, ता कि चुनावमा मेरो एक सिट नगुमोस् । तर साथै अर्कोतिर उनीहरू चाहन्छन् कि देशमा भ्रष्टाचार नहोस् । यो कामना ती सबैको हो, जो आफ्नो प्रगतिका लागि मौका पर्नासाथ आफ्नो काम फत्ते गर्न घुस दिन्छन् वा लिन्छन् । म स्वच्छ अरू सबै खत्तम, म सेवक अरू सबै शोषक । यस्तै भाष्यको भरमा नै सबै प्रगतिको बाटो हिँड्न आतुर छन् । मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ । कुनै ठाउँ अछुतो छैन । यस्तो किन हुन्छ त ? किनकि सबैलाई प्रगति जो गर्नु छ ? त्यसैले तपाईं पनि यो भौतिक दुनियाँमा छिट्टै र जसरी पनि प्रगति गर्न चाहनुहुन्छ भने एउटा आफ्नै टापु बनाउनुतर्फ लागिहाल्नोस्, जहाँ तपाईंले हरेक भ्रष्ट आचरण गर्ने छूट पाउनुहुन्छ । अनि न हुन्छ तपाईंको प्रगति ! तिहार २०८० को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

बेनी अस्पतालको ठेकदार हराएको सूचना

महासंघकै अध्यक्ष सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का बनिसक्नुपर्ने समयमा मुस्किलले आधा मात्रै प्रगति भएको भन्दै एमालेका भात्रृ संगठनले पहिलो चरणको आन्दोलन सुरू गरेको छ।...

६ वर्षमा आधा पनि भएन दुई जिल्ला जोड्ने पुल

बागलुङ : जिल्लाको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की मोटरेवल निर्माण सुरु भएको ६ वर्ष पूरा भयो, तर काम भने आधा पनि हुन सकेको छैन।समयमा पुल निर्माण नहुँदा प्रत्यक्ष मारमा बागलुङ र पर्वतका नागरिक परेका छन्।बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो ३ घण्टा बढी यात्रा गर्न बाध्य छन्। यस सडक पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोडिन्छ।कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको ६ व

राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति

काठमाडौं । विभिन्न राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रिको गौरवको आयोजनाका रूपमा प्राथमिकता राखेर निर्माण कार्य गर्दै आए पनि भौतिक तथा वृत्तीय प्रगति भने निराशाजनक पाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून रहेको छ । मध्यपहाडी राजमार्ग, […] The post राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय गौरवको आधा दर्जन आयोजना : एक दशकमा आधा पनि छैन भौतिक प्रगति

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत गौरवका आयोजनाको […]

राष्ट्रिय गौरवका आयोजनाः एक दशकमा भौतिक प्रगति आधा पनि भएन

काठमाडौं, फागुन १९ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत […]

वाणिज्य बैंकहरूको ६ महिने प्रगति: १४ बैंक अर्ब रूपैयाँ क्लबमा

हालसम्म आधा वर्षको विवरण प्रकाशित गर्ने बैंकमध्ये १४ बैंकले अर्ब रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्। ९ बैंकको आम्दानी अर्ब रूपैयाँभन्दा थोरै छ।...

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ । बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ । बीबीसीले विश्वभरका महिल...

रुपन्देही र नवलपरासीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति निराशाजनक

११ भदौ, बुटवल । कृषि क्षेत्रको रुपान्तरण गर्ने भनेर पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति रुपन्देही र नवलपरासीमा निराशाजनक पाइएको छ । कुल परियोजना अवधिको आधा समय सकिंदासम्म स्थानीय तहमा सञ्चालित ब्लक तथा पकेट कार्यक्रमको प्रगति निराशाजनक देखिएको हो । कृषितर्फ तुलनात्मक सुधार देखिएपनि बाख्रा पकेट क्षेत्रका लागि सञ्चालित कार्यक्रम कार्यान्वयन कमजोर […]

महालेखाले भन्यो : आधा काम हुनासाथ धरहराको उद्घाटन गरियो

७ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको छ । गत शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ । ‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ […]