डोटी - डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन सुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय सुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो...