नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा चितवनका उद्योग व्यवसाय समस्यामा

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय समस्यामा परेका छन् । दैनिक पटक पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।   भरतपुर वितरण...

सम्बन्धित सामग्री

सुनसरी मोरङ कोरिडोरमा अघोषित लोडशेडिङ

विराटनगर । भारतको सुपौल, कटैयाबाट दुहबी ग्रीडमा आइरहेको १८० मेगावाट विद्युत् २ सातादेखि रोकिँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा अघोषित लोडशेडिङ शुरू भएको छ । लोडशेडिङले सानाठूला करीब ५ सय उद्योग समस्यामा परेका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा दैनिक ४० प्रतिशत उत्पादन घटेको उद्योगीको दाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार उद्योगहरूले दैनिक ५० करोड रुपैयाँभन्दा बढी क्षति बेहोरिरहेका छन् । त्यसै पनि बजार अभाव र आर्थिक मन्दीसँग जुधिरहेका सिमेन्ट, छडलगायत उद्योग अघोषित लोडशेडिङले झनै थला परेको उनले बताए । भारतबाट बिजुली नआउँदा सुनसरी मोरङ औद्योगिक कोरिडोर उद्योग धराशयी हुने स्थितिमा पुगेको उनले बताए । बजार अभाव, उधारोको रकम नउठिरहेका बेला लोडशेडिङले उत्पादनमा असर गरेको राउतको भनाइ छ । अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका राउतले अचेल सिमेन्ट उत्पादन क्षमताको ४० प्रतिशतमा झरेको बताए । स्वस्तिक आइरनका निर्देशक रमेश राठीले सरकारले लोडशेडिङको तालिका सार्वजनिक गरे राहत हुने बताए । दैनिक ८ देखि १० घण्टासम्म लोडशेडिङ हुँदा उद्योगले दैनिक १ करोडभन्दा बढी घाटा बेहोरिरहेको उनको भनाइ छ । कति बेला बिजुली कटौती हुन्छ भन्ने ठेगान नहुँदा मजदूर ज्यालाको भारसमेत थपिएको उनले बताए । अनियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन ६० प्रतिशतमा झरेको उनको भनाइ छ । लगातार २० दिनदेखि समस्या हुँदा पनि सम्बद्ध निकाय मौन रहेको राठीको गुनासो छ । तालिका सार्वजनिक गरेर लोडशेडिङ गर्ने वा सातामा ५ दिन २४सै बिजुली दिएर २ दिन पूरै काटिदिए उद्योगहरूको क्षति न्यूनीकरण हुने उनले बताए । नेपाल विद्युत् प्राधिकरण दुहबीका प्रमुख राजेश रेग्मीले भारतको कटैयाबाट आइरहेको १८० मेगावाट बिजुली आउन छाडेकाले अहिले प्रदेश १ मा अघोषित रूपमा लोडशेडिङ भइरहेको बताए । कटैयाबाट विद्युत् आपूर्ति बन्द भएपछि ढल्केवरबाट लिनुपरेको तर उक्त विद्युत्को गुणस्तर कम भएको र प्रसारण संरचना पुराना भएकाले आपूर्तिमा समस्या देखिएको रेग्मीले बताए । अहिले रक्सौलबाट ३५, रामनगरबाट ६०, मुजफ्फरपुरबाट ३५०, टनकपुरबाट ६० मेगावाट गरी राष्ट्रिय प्रसारणमा भारतबाट आयातित ५०५ मेगावाट बिजुली उपलब्ध रहेको उनले जानकारी दिए । यसैबीच उद्योगी, व्यवसायीका तीन संगठनले संयुक्त विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति सुधार गर्न माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले जारी गरेको विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत वस्तुका रूपमा रहेको बिजुली अभाव झेल्नुपरेको बताएका छन् । विज्ञप्तिमा औद्योगिक क्षेत्रमा विद्यमान अघोषित विद्युत् कटौती र ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।

चितवनमा विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

काठमाडौँ,२१ असार । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर […]

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर […]

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँ पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्र होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्द

नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा चितवनका उद्योग व्यवसाय संकटमा

काठमाडाैँ- नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा चितवन जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन्। भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन्। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले […]

विद्युत आपूर्ति नियमित नहुँदा चितवनका उद्योग व्यवसाय सङ्कटमा

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले …

विद्युत् आपूर्ति अनियमित हुँदा रूपन्देहीका उद्योग समस्यामा

रूपन्देही । अनियमित विद्युत् आपूर्तिका कारण रूपन्देहीका उद्योग/व्यवसाय समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता हुँदा उद्योगी व्यवसायी समस्या झेल्न बाध्य भएका हुन् । विद्युत्को अनियमित आपूर्तिले उत्पादनमा कटौती गर्नुपरेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ अन्त्य गरिएको दाबी गरे पनि औद्योगिक क्षेत्र र लुम्बिनी कोरिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भइरहेको छ । करीब एक महिनादेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ हुने गुनासो यहाँका उद्योगी व्यवसायीले गरेका छन् । पछिल्लो १५ दिनदेखि लगातार विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुंगानाले बताए । ‘अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ,’ उनले भने, ‘विद्युत् आपूर्तिकै कारण हाम्रो सिमेन्ट बजार बिग्रिने र यसले दीर्घकालसम्मै समस्या उत्पन्न गर्ने खतरा बढेको छ ।’ पछिल्लो समय प्राधिकरणले विद्युत् आपूर्ति अनियमित गर्दा  लुम्बिनी कोरिडोरका मात्रै १२ सिमेन्ट उद्योग र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडशेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले हाल विद्युत् अभावमा प्लान्ट सञ्चालन गर्न सकिरहेको छैन । विद्युत्मा देखिएको अनियमितता र लो भोल्टेजको समस्या पुरानै भएकाले अहिले २४ घण्टासम्म अघोषित लोडशेडिङ भइरहेको छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दै आएको छ । तर, प्राधिकरणले चासो नदिएको उद्योगी व्यवसायीको गुनासो छ । विद्युत् आपूर्ति निरन्तर गर्न नसकेपछि प्राधिकरणसँग  लोडशेडिङको समयतालिका उपलब्ध गराउन माग उद्योगी व्यवसायीले गरेका छन् । ‘प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक पटक समस्या भोग्नुपरेको छ,’ उद्योगी बाबुराम बोहोराले भने, ‘समस्या सामाधानका लागि छिट्टै कदम नचालिए संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’ विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार नबनेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरू उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरूको चेतावनी छ । रूपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर, नियमित विद्युत् आपूर्ति हुन नसकेपछि आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले विनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएकाले उद्योगहरूले ठूलो क्षति बेहोर्नुपरेको बताए । विद्युत् वितरणमा भइरहेको समस्या तत्काल समाधान गर्न उनको आग्रह छ । ‘कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धराशयी हुन्छन्,’ उनले भने । विगत एक महीनादेखि विद्युत्को समस्या धेरै हुन थालेको उद्योगी बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडशेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रूपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराइसकेको छ । रासस

विद्युत् आपूर्ति अवरोधले उद्योग व्यवसाय बन्द

काठमाडौं (अस) । गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातीत विद्युत् आपूर्ति अप्रत्यासित बन्द भएको जनाई प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति ठप्प पारिदिँदा उद्योग, कलकारखाना बन्द गर्नुपरेको उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विज्ञप्तिमार्फत बताएका छन् । लामो समयदेखि तरलता अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग, व्यवसाय क्षेत्र पूर्वसूचनाबिनै अचानक विद्युत् अवरुद्ध हुँदा थप प्रताडित भएको ती संस्थाको भनाइ छ । पछिल्लो समय प्रायः दैनिकजसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट नेपालमा प्रशस्त विद्युत् उत्पादन भइरहेको र उद्योग, व्यवसायको मागबमोजिम विद्युत् आपूर्ति हुने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेकाले निजी क्षेत्रले औद्योगिक गतिविधि एवं लगानी बढाउँदै लगेको उनीहरूको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोसम्म मागेजति विद्युत् दिन्छौं, हामी विद्युत् निर्यात गर्ने अवस्था पुग्यौं भन्ने तर भारतबाट एक दिन विद्युत् आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार भई तत्काल ऊर्जा संकट समाधान गर्दै यसमा आत्मनिर्भर हुने गरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकारलाई अपिल गर्दछौं ।’ भारतमै ऊर्जा संकट भई अप्रत्यासित मूल्यवृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर विद्युत् प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता बिहीबार पत्रकार सम्मेलनमार्फत व्यक्त भएपछि यसले निजी क्षेत्रको मनोबल उचो बनाएको ती संस्थाले बताएका छन् । वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी वहन गर्दै विद्युत् आपूर्ति अवरुद्ध भई उद्योग, व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले बेहोर्नुपर्ने क्षतिलाई दृष्टिगत गरी हाल देखिएको ऊर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगमा निरन्तर विद्युत् आपूर्ति व्यवस्थाका लागि उनीहरूले आग्रह गरेका छन् ।

नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी

हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा कोरोना महामारीको अवस्था सहज भएकाले उद्योग व्यवसाय कलकारखाना सञ्चालनमा आउने क्रम बढ्न थालेकाले माग बढेको छ । त्यस्तै चिसो पनि बढ्न थालेकाले घरायसी माग पनि बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नयाँ आयोजना थपिएपछि यो वर्ष वर्षायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा ५०० मेगावाटसम्म विद्युत् खेर फाल्नुपरेको थियो तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । खोलानालामा जलप्रवाह घटेसँगै बहावमा आधारित विद्युत् आयोजनाबाट उत्पादन घट्न थालेको छ । प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार पछिल्लो समय निजी क्षेत्रका आयोजनाबाट विद्युत् आपूर्ति घटिसकेको छ । अहिले यस्ता आयोजनाबाट ५०० मेगावाटको हाराहारीमा आपूर्ति सीमित हुन थालेको छ ।