उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गर्नुपर्ने

काठमाडौं। निजी क्षेत्रका तीनवटा छाता संगठनले एक स्वरमा उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन माग गरेको हो। कोभिड–१९ रोकथामका लागि गरिएको दोस्रो लकडाउनपछि उद्योग धन्दा पूर्ण क्षमतामा चल्न नसकेकाले सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुले बताएका हुन्।