पाल्पाको एक सहकारी संस्थामा ५ लाखभन्दा बढीको चोरी भएको प्रहरीले जनाएको छ । बगनासकालि गाउँपालिका–८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख २७ हजार ३७३ रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको हो । सोमबार राती चोरी भएको र आफूहरुलाई मंगलबार जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चोरी घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।कार्यालय कोठामा रहेको दराज तोडफोड गरी उक्त रकम चोरी भ