कपिलवस्तुको विद्यालयमा दुई लाख बराबरको चोरी

कपिलवस्तुको एक विद्यालयमा साढे दुई लाख बराबरको चोरी भएको छ ।  कपिलवस्तु नगरपालिका–१  पुरानो हाटबजार टोलस्थित जेभियर इन्टरनेसनल स्कुलमा चोरी भएको हो ।सो स्कुलका प्राध्यापकको अफिस कोठाको ताल्चा फोडी ३ थान ल्यापटप र नगद ८८ हजार रुपैयाँ गरी करिब २ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंको माछापोखरीबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । रोकिराखेको गाडीमा राखिएको कालो झोला चोरी भएको हो। उक्त ५ लाख रुपैयाँ नगद रहेको र चोरी भएको छ। झोलामा दिनेशकुमार श्रेष्ठको नगद, चेक र कागजपत्रसमेत रहेको प्रहरीले जनाएको छ। बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरका अनुसार मंगलबार बिहान करिब ९ […]

सहकारीबाट पाँच लाख ९३ हजार चोरी

मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो ।रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सहकारीसँगै एक फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ । प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन

काठमाडौँको म्हेपीमा डेरा फोडेर १८ लाख चोरी

काठमाडौँ महानगरपालिका–१७ म्हेपीमा डेरा फुटाएर करिब १८ लाख मूल्य बराबरको गहना र नगद चोरी भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई म्हेपीमा बस्ने शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।मंगलबार साँझ डेरामा कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्न आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भक्तपुरको एक सहकारीबाट सवा नौ लाख चोरी

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए। चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।

भक्तपुरको सहकारीबाट ९ लाख चोरी

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ । अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।गएराति अज्ञात समूहले ढोका फुटाएर रकम चोरी गरेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले रातोपाटीलाई बताए । चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए ।

गोरखामा सहकारी संस्थाबाट ३२ लाख बराबरको चोरी

भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”,  उनले भने, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार

गोरखाको भीमकुल सहकारीबाट ३० लाख चोरी

२६ असार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । ‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् […]

तीन लाख नगद चोरी

काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।  यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।

तीन लाख नगद चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा […]

भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी

एजेन्सी। जर्मन कार निर्माता कम्पनी भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लक्जरी कारका प्रयोगकर्ताको तथ्यांक चोरी भएको हो। भक्सवागनसहित अडी कारका प्रयोगकर्ताको पनि डाटा चोरी भएको बताइएको छ। डाटामा इमेल, फोन नम्बर, मेलिङ एड्रेस र सवारी पहिचान नम्बर छन्।