भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब रु ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।सहकारीमा कारोवार भएको रकम करिब रु ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”, उनले भने, “यहाँ दैनिक रु २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार