के कुकुर बिरालो पनि मानिसजस्तै दायाँ वा बायाँ हाते हुन्छन् ? यदि अनुसन्धानको परिणामलाई आधार मान्ने हो भने यसको उत्तर ‘हो’ हुन्छ । कतिपयलाई यो विश्वास नलाग्न सक्छ ।
यसका लागि अहिलेसम्म दुईवटा अध्ययन भएका छन् । पहिलो अध्ययन टर्कीको अटातर्क विश्वविद्यालयले सन् १९९१ मा गरेको थियो । उक्त अध्ययनले घर पालुवा बिरालाहरू ५० प्रतिशत दायाँ हाते (पन्जा), ४० प्रतिशत बायाँ हाते र १० प्रतिशत दुवै पन्जा बराबर प्रयोग गर्न सक्ने तथ्य पत्ता लगाएको थियो ।
उक्त अध्ययन अनुसार ५० प्रतिशत दायाँ हाते र ५० प्रतिशत कुकुरहरू बायाँ हाते ह...