डा. द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित ‘जिल्ला प्रशासनः मेरो भोगाइ’ पुस्तक पढें । पुस्तकमा नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको क्रमबद्ध अभिलेखमाथि विश्लेषण गरिएको छ । स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको ऐतिहासिक विकासको आधारलाई उनले पुस्तकमा उतारेका छन् । यस्तो निकायको दायित्व ग्रहण गर्दा लेखकले निर्वाह गरेको भूमिका तथा भोगाइहरू यस पुस्तकमा पढ्न पाइन्छ […]