राजधानीको प्रशासनिक संरचना बनाउन जग्गा खोजी

प्रदेश १ सरकार गठन भएको चार वर्ष पुग्दा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेश राजधानीको प्रशासनिक संरचना निर्माणका लागि जग्गा खोज्न सुरु गरेको छ । मन्त्रिपरिषद्को निर्णयले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा कार्यदल गठन गरी जग्गा खोज्न सुरु गरेको हो ।

सम्बन्धित सामग्री

साबिक जिल्लास्तरीय संरचना हस्तान्तरणमा ढिलाइ

स्थानीय तह पुनर्संरचना हुनुअघिका जिल्लास्तरीय प्रशासनिक संरचना र तिनका चलअचल सम्पत्तिको उचित सदुपयोग हुन सकेको छैन । स्वास्थ्य, शिक्षा, कृषि र पशु सेवा कार्यालयका कर्मचारी तथा ती कार्यालयका सेवा स्थानीय तहमा हस्तान्तरण भए पनि चलअचल सम्पत्ति, भौतिक संरचना एवं जग्गा हस्तान्तरण हुन नसकेको हो ।

प्रदेश १ : प्रशासनिक संरचना बनाउन जग्गा प्राप्ति समितिले बुझायो प्रतिवेदन

विराटनगर : प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको छ।जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आइतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन्।गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।उक्त कार्यदलले सार्वजनिक सूचना प्र

प्रदेश १ सरकारलाई चाहिने स्थायी संरचना बनाउन जग्गाको खोजी सुरु

१७ असार, विराटनगर । प्रदेश १ सरकारको स्थायी प्रशासनिक संरचना निर्माणका लागि गठित कार्यदलले छलफल सुरु गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा जग्गा खोजीका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले शुक्रबारबाट छलफल सुरु गरेको हो । शुक्रबार मन्त्री कार्कीले वृहत विराट क्षेत्रअन्तर्गत रहेका पालिका प्रमुखसँग छलफल […]

पर्यटकको पखाईमा सैनामैना क्षेत्र

महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जम्मभूमि, कर्मभूमि र साधना क्षेत्रको रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्र अन्तर्गत सैनामैना पनि सुपरिचित छ । एशियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. ५६३ मा लुम्बिनीमा जन्म हुनु नेपालको लागि गौरवको विषय हो । विभिन्न कालखण्डमा विभिन्न शासकहरूबाट शासन भएता पनि हाल रूपन्देही जिल्लाका स्थानीय तहरूमध्ये सैनामैना नगरपालिका महत्त्वपूर्ण विशेषता र पुरातात्त्विकक सम्पदाका रूपमा रहेको छ । सैनामैना क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विकक धरोहरको रूपमा चिनिएको छ । सैनामैना नगरपालिका शान्तिका अग्रदूत तथा एशियाका तारा गौतम बुद्धको जन्मस्थलदेखि करिब १५ किलोमीटर उत्तर मनोरम चुरे पहाडको काखमा रहेको छ । पर्रोहा र दुधराक्ष गाविस एक आपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुनःसंरचनापश्चात् साविकको सालझन्डी गाविस गाभिन गई बृहत् सैनामैना नगरपालिका स्थापना भएको पाइन्छ । सैनामैना नगरपालिका १६२.१८ वर्ग किमि क्षेत्रफलमा फैलिएको भूगोललाई स्थानीय सेवा प्रवाहको पहँुचका दृष्टिले ११ वटा वडा कायम गरी प्रशासनिक संरचना स्थापना भएको पाइन्छ । वि.सं. २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार सैनामैना नगरपालिकामा महिलाको जनसंख्या ४१ हजार ९३० र पुरुषको जनसंख्या ३६ हजार ५४७ रहेको छ भने कुल जनसंख्या ७८ हजार ४७७ रहेको पाइन्छ । अर्धशहरी क्षेत्रको रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्त्वका क्षेत्रहरू रहेका छन् । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारू जातिको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित रूपमा विभिन्न जातजातिहरूको बसोबास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विकक महत्त्वका स्थलहरू रहेको यस नगरपालिकाको गहनाको रूपमा ऐतिहासिक पुरातात्त्विकक सैनामैना क्षेत्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठमन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि रहेका छन् ।  यस नगरपालिकाको अधिकांश क्षेत्र खेतीयोग्य अति उर्बर जमीनले ओगटेको भए पनि पछिल्ला वर्षहरूमा सहरीकरणको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । यहाँ भएका प्रमुख नदीहरूमा घमाहा खोला, सुकौली खोला, बौराहा खोला, तुलबुलिया खोला, इङ्गुरिया खोला, बनरहवा खोला रहेका छन् । धार्मिक स्थलहरूमा पर्रोहा परमेश्वर धाम, मलमला धाम, किराँतेश्वर महादेव मन्दिर, कोटिया थान, कर्साघाट तीर्थक्षेत्र, कोटियामाई मन्दिर, लखनपारा, भैरवनाथ मन्दिर, दुर्गामन्दिर मुर्गिया, रैनादेवी मन्दिर, कालमोचन मन्दिर, दुर्गामन्दिर रामापुर, बुद्धबिहार, बुद्ध सालिक, दुर्गाभवानी मन्दिर बनकट्टा आदि रहेका छन् । त्यसैगरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग शिवालय बोलबम धाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । भाषा, कला, संस्कृति र परम्पराहरूमा थारु होमस्टे उचडिहवा, गोरवाल कोटियार्मा थान, सत्चिन्तन सामुदायिक प्रतिष्ठान रामापुर, लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, पदमपाणि आश्रम तथा प्राकृतिक चिकित्सा पद्धति, डिउहार मुडाबाबा, सरोली कुटी आदि यहाँका चिनारी हुन् ।   यसरी यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदामा धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन सकेको छैन । यहाँ पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा हुँदै पनि यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । आन्तरिक पर्यटक पनि प्रशस्त मात्रामा आएको देखिँदैन । यसबाट प्रष्ट हुन्छ, उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण सैनामैना क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न र त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न अनि पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको छैन । त्यसैले, सैनामैना क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ । सैनामैना नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

बागमती प्रदेशको स्थायी प्रशासनिक संरचना बनाउन आठ स्थान छनोट

हेटौंडा : बागमती प्रदेश सरकारले स्थायीरूपमा प्रादेशिक संरचना निर्माण गर्न आठ स्थान छनोट गरेको छ। प्रदेश सरकारले गठन गरेको प्रशासनिक भवन जग्गा पहिचान समितिले प्रदेशको राजधानी हेटौंडामा जग्गा छनोट गरेको हो।समितिले प्रदेश मातहतका मन्त्रालय तथा सम्पूर्ण कार्यालयहरूको स्थायी संरचना निर्माण गर्न जग्गा छनोट गरेर संघीय सरकारले स्विकृतिका लागि पठाइसकेको समेत जनाएको छ। प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भइसक्दा पनि हालसम्म प्रदेशको स्थायी संरचनाहरु बन्न सकेको छैन।प्रदेश सरकारको कतिपय मन्त्रालय र कार्

राजधानीका लागि ४ वर्षपछि जग्गा खोज्दै प्रदेश सरकार

१ नम्बर प्रदेश सरकार गठन भएको ४ वर्षपछि मात्रै राजधानीका लागि जग्गाको खोजी गर्न थालिएको छ । हालसम्म ३ वटा मुख्यमन्त्री पाएको १ नम्बर प्रदेशले नाम र स्थायी संरचना पाउन सकेको छैन ।  तत्कालीन नेकपा तथा नेकपा एमालेबाट ३ वर्ष ७ महिना ७ दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको नेतृत्व गरेका थिए भने एमालेकै भीमप्रसाद आचार्यले पनि ६८ दिन प्रदेश १ सरकारको बागडोर सम्हालेका थिए । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेश राजधानीको प्रशासनिक संरचना निर्माणका लागि जग्गा खोज्न शुरू गरेको छ । ...

प्रदेश १ : राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

विराटनगर : प्रदेशको नामकरणका लागि प्रक्रिया अगाडि बढाउने प्रदेश सरकारले  निर्णय गरेको छ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। जसका लागि संसदमा रहेका राजनीति दलहरुसँग समन्वय र सहजीकरण गर्न सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको छ।राजधानीमा रहने प्रशासनिक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल पनि गठन गरेको छ।कार्यदलमा विराटनगर महानगर

मन्त्री कार्कीको कार्यदलले प्रदेशका स्थायी संरचना बनाउन जग्गा खोज्ने

विराटनगर – प्रदेश १ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी व्यवस्थापन र स्थायी प्रशासनिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा खोज्नका लागि सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै आर्थिक मामिला तथ…

मन्त्री कार्कीको कार्यदलले प्रदेशका स्थायी संरचना बनाउन जग्गा खोज्ने

विराटनगर – प्रदेश १ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी व्यवस्थापन र स्थायी प्रशासनिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा खोज्नका लागि सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै आर्थिक मामिला तथ…