सरकारले संघीय प्रशासनिक संरचना आपसमा गाभ्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै संघीय प्रशासनिक संरचनाको कार्यबोझ, कार्यप्रकृति र आवश्यकताका आधारमा विद्यमान निकायहरूलाई प्राथमिकताका साथ एक आपसमा गाभ्ने वा पुनसंरचना गरिने बताएकी हुन् । ।त्यस्तै सरकारले मानव संशाधन विकासको पक्षलाई सम्बोधन गर्नेगरी संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र पुनरावलोकन गर्ने भएको छ ।