विराटनगर : प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको छ।जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आइतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन्।गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।उक्त कार्यदलले सार्वजनिक सूचना प्र