पाथीभरामा भक्तजनले चढाएको सुन १८५ तोला र चाँदी साढे ९२ केजी

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन जम्मा भएको छ। पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन जम्मा भएको हो।पाथीभरा दर्शनमा आउने भक्तजनहरुले सो सुन चढाएका हुन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार हालसम्म कुल १८५ तोला ३८ लाल सुन पाथीभरामा संकलन भएको छ।त्यसमध्ये ८६ तोला ९३ लाल शुद्ध अर्थात रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको हाङ्बाङले जानकारी दिए।हालसम्म रिफाइन नभएको चाँदी ९२ कि

सम्बन्धित सामग्री

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो। विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा […]

सिटी एक्सप्रेसको दशैँ तिहार योजना सार्वजनिक, बम्परमा ५ तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।  यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” नाम दिइएको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको

मेयरको सम्पत्तिः १५ तोला सुन, २० हजार रुपैयाँ बैंक ब्यालेन्स

काठमाडौं, साउन १० । गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गरेकीछन् । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहेकी लामाले सार्वजनिक गरेका सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ । नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार […]

हेटौँडाकी मेयर लामाको सम्पत्ति : आफूसँग १५ तोला सुन, श्रीमान्को ४० लाख ऋण

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।सम्पत्ति विवरणमा उनले आफूसँग १५ तोला सुन रहेको बताएकी छन्। लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखामा रहेको छ।मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको जनाएकी छन्। मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको जनाएकी छ

अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई […]

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शा

मन्त्री मनाङेको सम्पत्ति सार्वजनिक : २२ तोला सुन, १० लाख बैंकमा

पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक

प्रतितोला १०० रुपैयाँले बढ्यो सुन मूल्य

काठमाडौं। साताको दोस्रो दिन आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको प्रतितोला ९२ हजार १०० रुपैंया र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदी मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनको बजार मूल्यमा स्थिरता आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रति तोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला  ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । यता, चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १ हजार ३१० रुपैयाँ नै कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन चाँदीको मूल्यमा खासै उतारचढाव नआएकाले नेपाली बजारमा सुनको मूल

सुन तोलामा ४ सय रुपैयाँले घट्यो

आइतबार सुन तोलामा ४ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।