पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक