हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।सम्पत्ति विवरणमा उनले आफूसँग १५ तोला सुन रहेको बताएकी छन्। लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखामा रहेको छ।मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको जनाएकी छन्। मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको जनाएकी छ