कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त