यी हुन् फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसद

नेकपा एमालेका चार सांसदले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।

सम्बन्धित सामग्री

प्रकाश ज्वालाको प्रष्टीकरण : फ्लोर क्रस होइन्, पार्टी निर्णयको कार्यान्वयन

सुर्खेत : पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालले कारबाही गरेका प्रकाश ज्वालाले कर्णालीमा फ्लोर क्रम नगरेको प्रष्टीकरण गरेको छन्।बैशाख ३ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको ज्वालाले १७ दिनपछि आफूले फ्लोर क्रस नगरी पार्टी निर्णयको कार्यान्वयन गरेको विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन्।कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका

सचेतक भट्टराई भन्छन्, ‘फ्लोर क्रस गरेको सेकेण्डमै कारबाही हुन्छ’

काठमाडौं। नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षले फ्लोर क्रस गरेको केही सेकेण्डमै सांसदलाई कारबाही गरिने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा फ्लोर क्रस गर्नेलाई कारवाही गरिसकेका छौं। अन्त पनि कहीँकतै फ्लोर क्रस भयो भने तत्कालै कारबाही हुन्छ,’ नेता तथा सांसदहरुको आचरणअनुसार कारबाहीको निर्णय हुने उनले बताए।

ह्वीप विपरित फ्लोर क्रस गर्नेहरु कारबाहीमा

नेकपा (एमाले) ले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ । समानान्तर गतिविधि गर्नेहरुलाई समानान्तर गतिविधि रोक्न तथा पार्टीको मूल प्रवाहमा फर्किन आव्हान गरेको छ ।

फ्लोर क्रस गर्ने कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

४ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले […]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रात