सरकार–नेकपा (विप्लव) पहिलो वार्ता : सरकार विप्लवका नेता/कार्यकर्तालाई रिहाइ गर्न तयार

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ताहरूलाई रिहाइ गर्न तयार भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा फागुन १९ गते बुधबार बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकार विप्लवका नेता÷कार्यकर्ता रिहाइ गर्न तयार भएको हो । अपराधिक गतिविधिमा संलग्न भएको भन्दै करिब दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का थुप्रै नेता तथा कार्यकर्ता हिरासतमा छन् । तर वार्ताको क्रममा रिहा कहिले र कसरी गर्ने भन्नेबारे भने सरकारले अहिलेसम्म स्पष्ट पारिएको छैन । सरकारले विप्लव समूहको पहिलो सर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको बताइएको छ । बुधबारको वार्तामा विप्लव समूहका तर्फबाट प्राथमिकताका साथ कारागारमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहाको सर्त अघि सारिएको थियो । वार्तामा विप्लव समूहका नेता खड्कबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने (दीपक) ले आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि मात्रै बाँकी विषयमा सरकारसँग वार्ता गर्ने अडान लिएका थिए । सरकारका तर्फबाट वार्तामा खटिएका गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई उनीहरूको सर्त पूरा गर्न सरकार तयार रहेको तर केही प्रक्रिया अपनाएर उनीहरूलाई छोड्ने बताएका थिए । यता सरकारी टोलीले पनि विप्लव समूहसँग भएको हातहतियार राज्यलाई बुझाएपछि मात्रै वार्ता प्रक्रिया सहज हुने सर्त अघि सारेको बताइएको छ । त्यस विषयमा विप्लव पक्षले आफ्नो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने सुनाएको थियो । आजको वार्तामा अर्को चरणको वार्ता अब कहिले हुने ? यसबारे दुवै पक्षले स्पष्ट पारेका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले वार्ता सकिनासाथ ट्विटरमा भनेका छन्– ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबिच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु ।’ विप्लव समूहलाई २०७५ फागुन २६ गते सरकारले आपराधिक संगठनको घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । अब यो समूहले आफूमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्तका साथै संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबिच जनमत सङ्ग्रह गर्नुपर्ने शर्त ...

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए। “समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले […]

सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् […]

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु

काठमाडौँ । श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै […]

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु

१३ साउन, कोलम्बो । श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको […]

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु

श्रीलङ्का सरकारले सङ्कटमा परेको देशमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीवार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ । प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) ले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि यसका केही सांसद...

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता

भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरू भएको छ।भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरू भएको हो।सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ।त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरू भएको अधिकारीले जानकारी दिएका छन्। सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका व

दोहामा अफगान सरकार र तालिबानबीच उच्चस्तरीय वार्ता

३ साउन, काठमाडौं । अफगानिस्तानको सरकार र विद्रोही तालिबानबीच कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसा बढिरहेको समयमा वार्ता भएको हो । वार्ताको क्रममा उनीहरुको बीचयुद्ध रोक्ने, तालिबानी कैदी रिहाइ गर्ने र अन्तरिम सरकार बनाउने विषयमा दुवै पक्षले आ–आफ्नो मत राखेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफगानी सरकारको प्रतिनिधिमण्डलका प्रमुख […]

सरकार र जसपाबीच आज पनि वार्ता

२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]

सरकार–विप्लव वार्ता ‘प्रमुख विषयवस्तु’मा प्रवेश

१९ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । बिहीबार पुनः वार्ता हुने भनिएको छ । विप्लव समूहबाट चाहिँ औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार […]

सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ । दुवै वार्ता टोलीबीच केहिबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार...