सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् […]

सम्बन्धित सामग्री

२३ दिन हिँडेर काठमाडौँ छिरे मिटरब्याजी पीडित, त्रिभुवन पार्कमा बास, तस्वीरमा

काठमाडौँ : देशका विभिन्न जिल्लाबाट भेला भई पैदक हिँडेका मिटरब्याजी पीडितहरु आज काठमाडौँ छिरेका छन्। साँझ नागढुंगा नाकाबाट काठमाडौँ छिरेका उनीहरु अहिले त्रिभुवन पार्कमा बसेका छन्। भोलि उनीहरु तीनकुने आएर प्रदर्शन गर्ने जनाइएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौँ आइपुगेका हुन्। मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो। दुवै टोली चितवन

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

काठमाडौं, जेठ २९ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी […]

मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न सरकार थाल्यो पहल

काठमाडौँ- मिटरब्याजीविरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरू गरिसकेको छ । महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरूका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्मा...

न्याय खोज्दै मिटरब्याजी पीडित काठमाडौँसम्म पैदलयात्रामा

मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर स्थानीय तहबाट न्याय नपाएपछि सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् । मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध …

न्यायका लागि आशावादी मिटरब्याजी पीडित

काठमाडौं – मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् […]

मिटरब्याजी पीडित र सरकारबीच पाँच बुँदे सहमति

काठमाण्डाै – गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो । मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ । त्यस्तै ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी स...

कार्यदलद्वारा मिटरब्याजी पीडितसँग छलफल

“ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुुँलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको”, धनुषाको बटेश्वर गाउँपालिका–२ का रामवृक्ष महराले दुखेसो पोखिरहँदा गृहमन्त्रालयबाट आएको टोलीका सदस्य आश्चर्यमा परे । गृह मन्त्रालयद्वारा गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज जनकपुरधाममा आयोजना गरेको धनुषाका मिटरब्याजी पीडित तथा जनप्रतिनिधिलगायतसँग छलफल कार्यक्रममा पीडित महराले जग्गा फिर्ता गर्न साहुुलाई आग्रह गर्दा उल्टै विभिन्न किसिमको धम्की दिइरहेको द

देशैभरिका मिटरब्याजी पीडित न्याय माग्न काठमाण्डौ आउने तयारीमा

काठमाण्डाै – सरकारलाई दबाब दिन दैशैभरिका मिटरब्याजी पीडितले काठमाण्डौ आउने तयारी गरेका छन् । काठमाण्डौ आएर धर्नामा बसेका केही मिटरब्याजीको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरे पनि न्याय पाउने सम्भावना कम रहेको भन्दै देशैभरका पीडित काठमाण्डौ आउने तयारी गरेका हुन् ।  पीडितले मिटरब्याज असुलीमा संलग्नलाई कारबाही गर्ने कुरा लिखितमा नभइ मौखिकमा मात्र आएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् । सरकारको निर्णयपछि दबाब दिन देशैभरिका पीडितलाई माइतीघर बोलाएको नवलपरासीका मिटरब्याजी पीडित जितबहादुर थ...

मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन

काठमाडौँ- मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारवाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए । र्‍यालीले सहरको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए । जुलुसमा सहभागी पीडितहरूले […]