श्रीलङ्का सरकारले सङ्कटमा परेको देशमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीवार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) ले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि यसका केही सांसद...